समाचार

बीपी प्रतिष्ठानका अधिकांश माग पूरा भएकोले काममा फर्किन स्वास्थ्यकर्मीलाई मन्त्रालयको अनुरोध

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई अधिकांश माग पूरा भएको भन्दै सरकारले सेवा सुचारू गर्न अनुरोध गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी प्रतिष्ठानमा देखिएका विवाद समाधानका लागि आन्दोलनरत चिकित्सकका अधिकांश माग सम्बोधन भइसकेको जनाएको हो