समाचार

नेपाली कांग्रेसद्वारा दोस्रो दिनपनि संसद अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना नेतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै शुक्रबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । दिउँसो एक बजेपछि सुरु भएको बैठकमा कांग्रेस सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन् ।