संसदमा दर्ता गाँजा खेती सम्बन्धि विधेयक पारित गर्न महाअभियानको माग



काठमाडौं । नेपाल गाँजा वैधानिक महाअभियानले चालु संसद अधिवेशनबाट संसदमा दर्ता गाँजा खेती सम्बन्धि विधेयक टेबल गरी पारित गर्न माग गरेको छ ।

विज्ञप्ति जारी गरी महाअभियानले संसदमा टेबल गरी विधेयक पारित गर्न वा अध्यादेशमार्फत गाँजा खेतीलाई कानुनी मान्यता दिन र तत्कालै औषधीय प्रयोजनमा गाँजा गैर–अपराधीकारण गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा सचेतना अभियान, विभिन्न स्थानमा गाँजा सचेतना मेला, गाँजा खेती तालिम, गाँजा बैधानिकता को माग सहित मौन प्रदर्शन, कानुनी रुपमै बिभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत खेती तथा संकलन अनुम िपत्र माग, विभिन्न मन्त्रालयहरू मा गाँजा बैधानिकता को लागी माग सहित को ज्ञापनपत्र, औषधिय प्रयोजनका लागी स्वास्थ्य मन्त्रालय मार्फत निवेदन लगायत विभिन्न राजनैतिक दलका व्यक्तित्वहरुमा गाँजा बैधानिकता को लागी आवाज उठाईदिन आह्वानसमेत गरिएता पनि गाँजा लाई बैधानिकता दिने गरी हालसम्म कुनै ठोस पहल नभएको जसका कारण औषधोपचारको नैसर्गिक अधिकारबाट बिरामीलाई बन्चित गरिएको हाम्रो ठहर छ । गाँजा बैधानिकतासगै आर्थिक, सामाजिक, स्वास्थ, पर्यटन, कृषि, जल, पर्यावरण धार्मिक लगाएत सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने प्रचुर संभावना भएको घाम जस्तै छर्लङ्ग हुदा पनि यसलाई बैधानिक बनाउन नेपाली राजनैतिक दलहरूले कुनै महत्व नदिएको हालै सम्पन्न स्थानीय निर्वाचनका कुनै दलले आफ्नो एजेण्डा नबनाउनु ले स्पष्ट हुन्छ।’

महासंघले गाँजा बैधानिकताको पक्षमा रहने सम्पूर्ण नेपाली जनतालाई दवाव कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर