शिक्षा

नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो