झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज



दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ।

बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो। राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो।

‘खोला तर्न नसक्दा पढाइ छुट्थ्यो। अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,’ कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन्। त्यहाँका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन्। पुल बनेपछि बर्खामा पनि विद्यार्थी नियमित रूपमा पढ्न जाने गरेका कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए।

विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ। त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ। कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताए।

अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ। सङ्घीय सरकारको रु ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको रु १८ लाख तथा स्थानीयको रु एक लाख २५ हजार बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

तनहुँ । तनहुँ जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि

आहा ! रङ्गीचङ्गी चौँरीखर्क

रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका