अपराध

एलओडीका अर्का सञ्चालक रुदिल श्रेष्ठ पनि पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका अर्का सञ्चालक रुदिल श्रेष्ठ पनि पक्राउ परेका छन् । बालिकालाई क्लबमा प्रवेश गराएको आरोपमा उनी पक्राउ परेका हुन् । श्रेष्ठलाइ आज बिहान पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।