परराष्ट्र नीति वामपन्थी र दक्षिणपन्थी हुँदैन



केशवप्रसाद भट्टराई ।
१. आफ्नो शक्ति र सामर्थ्यको सीमा र अन्य वा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भूराजनीतिक यथार्थतालाई ग्रहण गर्ने क्षमता आर्जन नगर्दा भीमसेन थापाले मुलुकको एक तिहाई भूभाग गुमाए । तिनै गुमेका तराईका भूभागहरू केही भूभाग पछिका शासकहरूले फिर्ता ल्याए । तिनै मध्येका बाँके, बर्दिया र कैलाली , कन्चनपुर पनि हुन् जुन जंग बहादुरले फिर्ता ल्याए । आफ्नो शक्ति र सामर्थ्यको सीमा र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भूराजनीतिक यथार्थतालाई ग्रहण गर्ने भुटानले भारतसँगको १९४९को शान्ति र मैत्री सन्धिको स्थानमा भुटानको अपेक्षा अनुरूपको उसको स्वतन्त्रता र सार्वभौमसत्तालाई विस्तार गर्ने अर्को सन्धि २००७मा गर्यो । त्यही नगर्दा सिक्किम हरायो ।

२. ढिलो गरेर राजा वीरेन्द्र र ज्ञानेन्द्रले त्यो कुरा बुझे । जब आफ्नो सत्ता कायम राख्न खोज्दा राष्ट्रको एकता र अस्तित्वमा सङ्कट आउने निश्चित देखे सर्लक्कै पन्छिए । मानिस अझै राजा ज्ञानेन्द्रलाई उचालिरहेका छन् तर उनलाई आफ्नो शक्ति र सामर्थ्यको सीमाको ज्ञान छ । आफूलाई राजावादी भन्नेहरूलाई उनले नै बढी चिनेका छन् । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भूराजनीतिक यथार्थताको राम्रो ज्ञान उनलाई छ ।

३. आफ्नो शक्ति र सामर्थ्यको सीमा र अन्य वा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भूराजनीतिक यथार्थतालाई नबुझ्दा चीन सयौँ वर्षसम्म निरीह र लाचार भएर बस्यो । देङ्ले आएर मात्रै चीनको वास्तविक शक्ति र क्षमताको वोध बाँकी विश्वलाई गराए । झाओ जियाङ्, जियाङ् जेमिन, हु जिन्ताओ र सी जिन्पिङ्को पालाको चीन भन्नै परेन । भारत झन्डै हजार वर्षसम्म विदेशी भूमिबाट आएका मुसलमान र अङ्ग्रेजहरूको शासनमा रहन वाध्य भयो । भारतको शक्ति र समृद्धिको यात्रा पीभी नरसिंह रावले शुरू गरे । भारतका देङ् हुन् नरसिंह राव । अटल विहारी वाजपेयी , मनमोहन सिंह र नरेन्द्र मोदीको आजको भारत सवै सामू छ ।

४. त्यही कुरा अमेरिकीहरूले धेरै अघि बुझे र सन् १८७० देखि संसारको सवैभन्दा समृद्ध र शक्तिशाली रहिआएको छ ।

५. नेपालले पंचायतको तीस वर्षमा प्रजातन्त्र र गणतन्त्रको अर्को ३० वर्षमा गरेको उपलव्धि कसैले कसैलाई भन्न पर्दैन । आफ्नो शक्ति र सामर्थ्यको सीमाको ज्ञान नभएर , बुच पचाएर र अन्य वा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भूराजनीतिक यथार्थतालाई ग्रहण गर्ने सामर्थ्य जुटाउने साहश नगरेर नेपाल यो स्थितिमा छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भूराजनीतिक यथार्थ निरन्तर परिवर्तनशील छ तर पंचायतले परराष्ट्र नीतिलाई संविधानमा बाँधेर राखिदियो अहिलेको संविधानले त्यही गर्यो । संक्षेपमा नेपालको समस्या र चुनौती भनेकोनै नेपालको परराष्ट्र नीति हो । नेपालको राजनीतिक अस्थिरता,अराजकता र गरीवीको कारण नेपालको परराष्ट्र नीति हो ।

त्यो भनेको माथि बारम्बार उल्लेख गरिए जस्तै आफ्नो शक्ति र सामर्थ्यको सीमा र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भूराजनीतिक यथार्थतालाई ग्रहण गर्ने परराष्ट्र नीतिको अभाव हो । अर्थात् परराष्ट्र नीति वामपन्थी र दक्षिणपन्थी हुँदैन । क्रान्तिकारी, अग्रगामी– प्रतिगामी र यथास्थितिवादी पनि हुँदैन । आफ्नो शक्ति र सामर्थ्य र क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको स्थिति अनुसार गतिशील हुन्छ, परिवर्तनशील हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

  कमलामाई (सिन्धुली) । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ

केही अवाञ्छित र कम्युनिष्ट विरोधी तत्वले मैले पार्टी विभाजन गर्दैछु भनेर सुनियोजित हल्ला फैलाएः नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ

युवा विदेश पलायन रोक्न प्रमुख दलका शीर्ष नेतृत्वले सोच्नुपर्छ

काठमाडौँ । मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

  काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर