राजनीतिमा महिला सहभागिता !



रामकुमारी झाँक्री ।

राजनीतिमा महिला सहभागिताको विषय चार दशक अगाडीसम्म प्रतिनिधित्वको विषय मात्र थियो। मेरो/हाम्रो पुस्ता राजनीतिमा यसरी नै आएको हो। बन्द समाजमा खुला राजनितीक सहभागिता सजिलो विषय थिएन। त्यसैले हामी राजनितीमा महिलाको सहभागीतालाई अधिकारको रूपमा कुरा गर्न थाल्यौ। पहिलो खुट्किलोः राजनीतिमा महिला सहभागिताले नै नेतृत्व विकास गर्न अबसर दिन्छ ।दोश्रो खुट्किलोः वैचारिक राजनीति, संगठन र संघर्षको माध्यमबाट नेतृत्व विकास हुन्छ। त्यसैले हामीले नेतृत्व विकास र प्रतिस्पर्धाको कुरा पनि संगै गर्यौ।
त्यसपछि महिला सहभागिताको कानूनी अधिकारको कुरा गर्न थालेको दुई दशक हुन थालेकोछ ।राज्यको हरेक तहमा, खास गरी नीति निर्माणको तहमा न्यूनतम एकतिहाई महिला सहभागिताको संबैधानिक ब्यवस्था गर्यौ । स्थानीय तहमा न्यूनतम चालिस प्रतिसत महिलाको सहभागी अनिवार्य गर्यौ। राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला अनिर्वाय, संसदको दुबै सदन राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक महिला, प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक महिला हुने, संबैधानिक ब्यवस्थाको साथै संबैधानिक परिषदमा समेत एक जना महिला अनिवार्य हुने संबैधानिक ब्यवस्था गर्यौ। त्यसै गरी प्रदेश सभाको सभामुख र उपसभामुखमा एक महिला हुने, स्थानीय पालिकामा प्रमुख उपप्रमुख मध्ये एक महिला हुने कानुनी ब्यवस्था गर्यौ। पछिल्लो समय हामीले यसरी अभ्यास गर्दै आएका छौं। यो त भयो लैंगिक समावेशीकरणको कुरा।

अब हामीले महिला र शुशाशन, महिला र लोकतन्त्र, महिला र जवाफदेहिता, महिला र मानव अघिकारको कुरा गर्नुपर्छ। साथै महिला र विकास, महिला र शिक्षा, महिला र स्वास्थ्य, महिला र श्रमको कुरा गर्नुपर्छ।महिलाहरू यि विषयमा अरू भन्दा गम्भिर छन, ब्यवस्थापकिय क्षमाता राख्छन, महिलाहरूले परिवार चलाए जस्तैः किफ़ायती ब्यवस्थापन गर्दछन भन्ने मानक बनाउनु पर्ने छ। सिमित साधन श्रोतको यथोचित प्रयोग गर्दछन।  सीमित साधन श्रोतबाट असिमित चाहाना र आवश्यकता पुरा गर्न महिला कुशल ब्यवस्थापक पनि हुन, फजुल खर्च गर्दैनन, समग्रमा महिलाले नै शुशाशन दिन्छन यो विश्वास आज हामीले दिनुपर्नेछ। चाहे लैंगिक रूपमा होस वा पुस्ताको रूपमा हामी यो परिक्षामा खरो उत्रनु पर्नेछ।

सायद राजनीतिमा सहभागी र एक स्तरको नेतृत्व लिन सक्ने हाम्रो पुस्ता,अघिकार र कर्तब्यलाई एक सिक्काको दुई पाटोको रूपमा बुझ्नेछ र ब्यवहारमा लागु गर्ने छ। कुनै पनि निती वा निर्णय लिदा होस वा कानुन बनाउँदा होस त्यसको अर्थराजनीतिक पक्षलाई बुझेर नै निर्णय लिने छ। समानता र न्याय स्थापित गर्ने काम महिलाले नै सक्छन भन्ने विश्वासको परिक्षामा हामी छौं, पुस्ता र लैंगिकताको हिसावले। म यहि पुस्ताको महिला र युवा प्रतिनिधिको रूपमा पनि तपाईहरूको विचमा छु। सामाजिक न्यायका मुद्धा मेरा आफ्ना मुद्धा हुनेछन।लैंगिक समानता आधारित समाज निर्माण गर्नु मेरो कर्तब्य हो। बाल्यकालमा जुन असमानता समाजको पिधमा मैले देखें, मैले भोगें। समाजको एउटा सानो ईकाई परिवारबाट राज्यको माथिल्लो इकाईसम्म लैंगिक संवेदनशील संरचना बनाउनु मेरो/ हाम्रो कर्तब्य हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

संसदमा प्रस्तुत हुने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा