वैदिक कालमा दलाली र कूटनीति



–मुकुन्द शर्मा चालिसे ।

वैदिक कालमा पनि दलालहरूले सताएको कथा छ । ऋग्वेदको १० मण्डलको सूक्त १०८मा यस्तै दलालले देववर्गलाई सताएको कथा छ । कसरी देववर्गले कूटनीति अपनाएको छ, त्यो पढ्नु आवश्यक छ । इन्द्रका पुरोहित थिए बृहस्पति । उनका गाईहरू बल नामक असुरका समर्थक दलालहरू वा पणिले चोरेर लगे । तिनीहरूले ती गाईहरू कुनै पहाडको कन्दरामा लगेर लुकाए ।यता बृहस्पतिको अनुरोधमा इन्द्रले ती गाई फर्काएर ल्याउन कौटनीतिक दूती देवसुनी कुकुर्नी सरमालाई नियुक्त गरे । सरमा पणि भएको पर्वतीय ठाउँमा पुगी । ऋग्वेदमा पणि र सरमाको संवाद बडो राम्रो किसिमले देखाइएको छ ।

पणिहरूले चेपारो पारेर सोधे-सरमा ! यस्तो लामो बाटो हिँडेर यो रातिको वेलामा तिमी के भन्न आयौ ? पछि फर्केर हेर्दा त तिमी आउन सक्ने देखिन्न । त्यत्रो नदी कसरी फड्केर आयौ ? सरमाले ढुक्क भएर भनी -पणिहरू हो ! म इन्द्र पठाएर यहाँ आएकी हुँ । म तिमीहरूले ल्याएका गाई फर्काउन चाहन्छु । मलाई नदीले बाटो दियो, म आएँ । पणिहरूले कूटनीति बिछ्याए -सरमा ! इन्द्र कस्ता छन् नि ? उनको पराक्रम कति छ कुन्नि ? हुन्छ, उनलाई केही गाई दिउँला । हामी उनसित संवाद गर्न चाहन्छौँ ।

सरमाले त्यो भनाइलाई टेरिन -इन्द्रलाई कसैले हराउन सक्तैन । उनको शक्ति ठूलो छ । म उनकी दूती बनेर आएँ । तिमीहरूलाई उनले मार्छन् के रे !

पणिहरू रिसाए । तर घुमाउरो तरिकाले फेरि सम्झाउन कि धम्क्याउन खोजे ।  पणि -तिमी स्वर्गको सीमा काटेर हा्रो सीमामा आएकी छौ । ठिकै छ । केही गाई तिमीलाई दिउँला । तर इन्द्रलाई त गाई नदिने । हामीसित पनि ठूला-ठूला हतियार छन् नि ।
सरमा विचलित भइन । ऊ दौत्यकर्ममा अडिग भई । सरमाले उल्टो थर्काई-पणिहरू हो ! तिमीहरूको बोली सच्चा सिपाहीको जस्तो छैन । पापी पो छौ तिमीहरू । गाई त फर्काउनै पर्छ । नत्र इन्द्र र अरू देवताले आक्रमण गर्लान् है । मलाई कस्तो लाग्छ भने तिमीहरूलाई दशाले घेरेजस्तो छ । बृहस्पति पनि युद्ध गर्न आउलान् ।

पणिहरूले डराउन दिए -यो पहाड अप्ठ्यारो पो छ । यहाँ हाम्रो सुरक्षाको प्रबन्ध पनि चर्को छ । गाई पनि कराएका छन् ।
सरमाले त्यो भनाइलाई फासफुस पारिदिई -आङ्गिरस अयास्यहरू पनि आउने कुरो छ । सोमपान गरेर आउलान् । यी गाई त फर्काएर लैजान्छन् । अनि तिमीहरूको घमण्ड पानीपानी हुन्छ ।

– देवताहरू हामीसित डराएर होला तिमीलाई यहाँ पठाएको । तिमी नडराऊ सरमा ! तिमीलाई हामीले बहिनी मानौँला । तिमी यतै बस । यी गाई यतै हेरौँला—पणिहरूले दलालीको सम्पूर्ण रूप देखाए ।

सरमा ताती -दाजु -बहिनीको कुरा म जान्दिनँ । मलाई यत्ति थाहा छ, म तिमीहरूले चोरेका गाईको खोजी गर्न आएकी हुँ । उनीहरूले मलाई सुरक्षा गर्छन् । पणि हो ! तिमीहरू यहाँबाट भाग । अन्तै गइहाल । बृहस्पति, सोमलता, सोमलता कुट्ने पत्थर, अरू ऋषिहरू सबैलाई तिमीहरूले गाई लुकाएको ठाउँ थाहा भइसक्यो । गाईले दुःख पाइरहेछन् । अब तिमीहरूलाई खतरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको