संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छः राजीव खत्री


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पार्टीको महाधिवेशनमा आफ्नै प्रतिद्वन्द्वीलाई समेत भोट हाल्नुपर्ने प्रावधान राखिएको भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक संजालमा लेखेका छन्, ’संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । No Vote को धज्जी ।’ खत्री खुल्लातर्फको केन्द्रीय सदस्यका उम्मेदवार पनि हुन्।