काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफूमाथि मिडिया ट्रायल नगर्न आग्रह गरेकी छन् ।
पार्टी महाधिवेशनमा पनि फागुन २१ मा जस्तै निर्वाचन आयोगले निर्वाचन गराउने भन्ने आफूलाई लागेको तर यस विषयमा मिडिया ट्रायल गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले भनेकी छन्, ‘मैले सोचेँ फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो । पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान म मा भएन भन्दै मा मिडिया ट्रायल गर्नु आवश्यक छ ? मेरो राजनीतिमा जन्म भाको २ महिना राम्रो भएको छैन, न मेरो बाउ राजनीतिज्ञ के थियो न आमा न स्वयम् आफू हु! मान्छे सिक्दै जाने हो बुझ्दै जाने हो ।’
उनले पार्टीको महाधिवेशनबाट दुःख पाउने भुइँमान्छेले हो भन्ने बुझेको बताइन् । उनले भनेकी छन्, ‘तर मैले महाधिवेशनबाट के बुझेँ भने दुःख पाउने त उही भुइँ मान्छे जनता नै रहेछ जता पनि !’

प्रतिक्रिया