नाकाबन्दीको सूत्रधार महतोलाई ओलीले चुनाव जिताइदिएपछि त्यतिबेलै धेरैलाई शंका उत्पन्न भएको थियो



नारायण गाउँले ।

-नाकाबन्दीका मुख्य नाइके उपेन्द्र यादव र राजेन्द्र महतो थिए ! सीमामा बसेर घरभित्र ढुङ्गा हान्नेहरू तिनै थिए र तिनले आफै सगर्व त्यो घोषणा गरेका थिए !

-संविधान जारी हुनासाथ जलाउनेहरू पनि तिनै थिए । तिनले भारतलाई यो संविधान मधेशविरोधी छ भनेर कन्भिन्स गर्दै हारगुहार गरेकाले नाकाबन्दी भएको सर्वविदितै छ । विरोधको मुख्य मुद्दा नागरिकता थियो ।

-पछिल्लो चुनाबमा जनताले नाकाबन्दीको विरोधमा नेकपालाई बहुमत दिए र क्षेत्रीय तथा जातिवादी दललाई हराइदिए ।

-कसको चाह र इच्छा थियो, त्यो उनै जानून्, तर नाकाबन्दीको सूत्रधार राजेन्द्र महतोलाई ओलीले व्यक्तिगत रूपमैं चुनाव जिताइदिएपछि शङ्काको सुविधा धेरैलाई उत्पन्न भयो ।

-नेकपासँग बहुमत हुँदाहुँदै अर्का नाइके उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएपछि त्यसको पछाडि कसको इच्छाले काम गरेको छ भन्ने शङ्का झन ठूलो भयो ।

-भारतले नाकाबन्दीका लागि माफी त टाढा भयो, स्वीकारसम्म नगर्दै मोदीको नागरिक अभिनन्दन गर्ने काम भयो । संसारमा बिरलै देख्न पाइने दृश्य नेपालमा देखियो । ओली मोदीकै जस्तो ड्रेस लगाएर जनकपुर झरे र विकासको चाबी हस्तान्तरण गरे ।

-अझ रोचक त के रह्यो भने मोदी भ्रमणको भव्यता स्वरूप तत्कालीन साझा विवेकशीलको पार्टी कार्यालयमा टाँगिएको नाकाबन्दीसम्बन्धी ब्यानरसमेत प्रहरीले जबर्जस्ती झिक्यो । त्यसमा आपत्तिजनक केही लेखिएको थिएन । “मोदीलाई नेपालमा स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौं” भन्ने ब्यानर कुनै पनि लोकतान्त्रिक देशमा असभ्य र गैरकानुनी हुन्नथ्यो । नेपालमा भयो । त्यो हदसम्मको भक्तिभाव जरूरी नभएको धेरैलाई लागेको थियो ।

-बाबुराम भट्टराईसँग नजिक आएपछि उपेन्द्र यादवको दिल्ली कनेक्शन कमजोर भयो । बाबुरामको जेएनयू डक्ट्रिन र अहिलेको भारतीय सत्ता परस्पर विरोधी धारका हुन् । ठाकुर र महतोकोको कनेक्शन बलियो बन्दै गयो । उपेन्द्र सरकारबाटै आउट भए । किन आए र किन गए भन्ने औचित्य बताउनु जरूरी ठानिएन ।

-सुरक्षा चासो मुख्य भए पनि भारतको तत्कालीन र दीर्घकालीन चासो नेपाली पानी र गिटी बालुवामाथि रहेको विदित नै छ । कोशीमा उच्च बाँध बाँध्नेदेखि नेपाली गिटी बालुवा आयात गर्ने मुद्दाहरू त्यहाँ धेरै अघि उठ्दै आएका पनि छन् ।

-नेकपा सिङ्गो हुनु, चीन खुलेर नेकपाको विवाद समाधान गर्न लागि पर्नु, खुलेर पार्टीको प्रशिक्षण नै बेजिंगबाट सुरु हुनु जस्ता कुराले भारत आवश्यकताभन्दा बढ़ी झस्कियो । उसलाई नेकपा फुटाउनु र विश्वास पात्र ठाकुरलाई सत्तानजिक लैजानु जरूरी देखियो । अन्यभन्दा ओली नै यसका लागि योग्य देखिए ।

-सामन्त गोयल काठमाडौं आए । यसअघिका नेताले नभेट्ने भन्नई त कत्ति होइन, तर कुनै होटेलमा लुकेर भेट्ने परम्परा थियो । यसपटक बालुवाटार नै छिर्ने कन्फिडेन्स देखियो । त्यसपछि संसद विघटनदेखि मुद्दा फिर्ता र आफैले चर्को विरोध गरेको नागरिकता सम्बन्धमा के भयो भन्ने लेख्ने जिम्मा तपाईंको !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा