काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलार्य सर्कुलर गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई यस सम्बन्धमा आवश्यक पत्राचार गरेको हो ।
पत्रमा जिल्लास्थित सम्बन्धित निकायहरूसँग समन्वय गरी सार्वजनिक जग्गाको पहिचान गर्न र त्यहाँ रहेका अतिक्रमण हटाउने विस्तृत योजना माग गर्न भनिएको छ ।
पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अभिलेख व्यवस्थापनका सम्बन्धमा यस मन्त्रालयको च.नं. ५५१ मिति २०८२/१२/२० को पत्रमार्फत तहाँ कार्यालयहरूमा परिपत्र गरिएको व्यहोरा विदितै छ । उल्लिखित पत्र बमोजिम सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी यस मन्त्रालयमा पठाउनुहुन र मन्त्रालयको स्वीकृति पश्चात् अतिक्रमण हटाउने कार्यका लागि यथोचित सुरक्षा प्रबन्ध लगायत अन्य आवश्यक सहजीकरण गर्नुहुन मिति २०८३/०१/१६ (सचिवस्तर) को निर्णायानुसार अनुरोध छ ।’


प्रतिक्रिया