किन जित्नु !? “जित्नै पर्ने” मानसिकताले विश्व अशान्त रहन्छ



डा.गोविन्दशरण उपाध्याय

सन्तोषी मान्छे को जीवन सरल र सहज हुन्छ | आधुनिक जीवनशैली ले आम नेपाली को जीवनशैली मात्र होइन विचार गर्ने र बुझ्ने शैली समेत वदलिएको छ | सफलताको लागि “जित्नैपर्छ” भन्ने भावना बढ्दो छ जसका कारण युवापुस्ताहरूमा स-सानो घटनामा अत्यधिक रिसाउने, उत्तेजित हुने र यदाकदा आक्रमण गर्ने निकै असहिष्णु प्रवृति विकास भएको अनुभव हुँदैछ | यस्तो मानसिकता आम हुँदैछ जसले राष्ट्र निर्माणमा अवरोधको काम गरिरहेको छ | असामाजिकता, असहिष्णुता तथा उत्तेजनाले निराशा बढाउँछ र निराश व्यक्ति वा समाजले देश रुग्ण बन्छ |

जव सम्म शिक्षा पद्धतिले “जित्नै पर्ने” मानसिकता लाई प्राथमिकतामा राखेर शिक्षा दिन्छ, तवसम्म | अशान्त विश्व कुनवेला विस्फोट हुन्छ, कसैले भन्न वा भविष्यवाणी गर्न सक्दैन | अवको शिक्षा पद्धतिले जित्नका लागि होइन “सहकार्य”लाई प्राथमिकता राख्नुपर्छ | सहकार्यमा सन्तोष र विश्वास हुन्छ | सन्तोषीहरूको प्रतियोगिता सहकार्यका लागि हुन्छ | “जित्नै पर्ने” मानसिकता विस्थापित हुँदासाथ विश्व निकै सुरक्षित तथा सबैको लागि हुन्छ |

अवको शिक्षा पद्धतिले जित्नका लागि होइन “सहकार्य”लाई प्राथमिकता राख्नुपर्छ | सहकार्यमा सन्तोष र विश्वास हुन्छ | सन्तोषीहरूको प्रतियोगिता सहकार्यका लागि हुन्छ |

हिजोको मान्छेले भोजनको लागि सङ्घर्ष गर्थ्यो आज प्राथमिकता वदलिएका छन् | बम बनाएर विश्वलाई नियन्त्रणमा राख्ने मानसिकता र त्यस्ताे मानसिकतालाई मलजल गर्ने पद्धतिमै दोष छ | मानवीय अनुसन्धानहरूको दुरुपयोग गर्ने मानसिकता “जित्नै पर्ने” शिक्षाको सवुत हो | जित्नै पर्ने शिक्षा र मानवता यी दुवै असम्भव विषय हुन् | हारजीत बाहेक पनि विश्व चल्छ | मेरो विचारमा हारजीतको मानसिकता नभएको विश्व निकै सुरक्षित तथा विकसित हुनेछ किनभने कसैले पनि जित्नका लागि उद्योग गर्नु पर्नेछैन | जित्नै पर्ने उद्योगहरू विस्थापित भएपछि “सहवीर्यं करवा वहै” स्वत: स्थापित हुनेछ |

सबै जिताहाहरू खुसी र सुखी हुँदैनन् | कहिलेकाहिं हार्नमा पनि खुसी मिल्छ | वैदिक संस्कृतिमा गुरुले सधैं शिष्यले आफुलाई जितोस् भन्ने कामना गर्छ, पितामाता हमेशा आफ्नो सन्तानले आफुलाई उच्छिनोस् भन्ने चाहन्छन् | अहिलेको विश्व जित्नेहरूकै कारण असुरक्षित छ | अमेरिका, रूस, भारत, पाकिस्तान, चीन, इजरायल जित्ने मध्ये पर्छन् तर उनीहरूसंग भएका आणविक वमहरूले नेपालजस्ता देशहरू पनि असुरक्षित छन् | हतियारको उत्पादन होस् वा जित्नै पर्ने मानसिकताले उत्त्तेजित भएको आजको शिक्षित वर्ग किन नहोस् – विनाशकारी छ | सबै दोष “जित्नै पर्ने” मानसिकताको विकासमा मलजल गर्ने शिक्षा प्रणालीको हो | अव कसैले कसैलाई जित्न नपरोस् | यदि जित्नुको पुरस्कार अझैं ठूलो विनाशको सम्भावना हो भने किन कसैले कसैलाई जित्नु पर्यो ?

स्वस्तिअस्तु

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस