Author: हातमा खबर

कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव

कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ। उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ। दुवै पक्षले एकअर्काले युद्धविराम भङ्ग गरेको र आफूले प्रतिकार गरेको दाबी गरेका छन्।