Author: हातमा खबर

नेपालगंजको मेयरमा कांग्रेसका प्रशान्त विष्ट विजयी

नेपालगंज । नेपालगंज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । विष्ट २३ हजार ४६० मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६७५ मत पाएका छन् ।