‘काठमाडौंको लौरो नुवाकोटे जनताको टाउकोमा बजारियो’


काठमाडौं । फोहोर व्यवस्थापनका नाममा बञ्चरेडाँडाका स्थानीयमाथि भएको प्रहरी दमनको विषय संसदमा समेत उठेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नुवाकोटका सांसद नारायणप्रसाद खतिवडाले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरीले चरम दमन गरेको भन्दै घटनाको विरोध गरेका छन् ।

उनले स्थानीय तह निर्वाचन सकिने बित्तिकै नुवाकोटे जनतामाथि दमन सुरु भएको बताए। ‘स्थानीय चुनावमा चुनाव चिह्न भएको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ,’ उनले भने । उनले फोहोर व्यवस्थापनकै नाउँमा नुवाकोटमा १७ वर्षदेखिको बेथिति अझै अन्त्य नभएको बताए । स्थानीय जनतको जायज मागको सम्बोधन गरेर मात्रै फाहोर व्यवस्थापन गर्नुपर्ने उनले बताए।