काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हुने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत चौधरीले दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण विषय भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ! मुख्य बिषय होइन । मुख्य बिषय प्रणाली जोगिएको छ । संवैधानिक सर्बोच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ । जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो–प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दिर्घकालिन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गाण बिषय बन्न जान्छ । फेरि मन्त्री हुने कुरो– सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहीँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यही नै हो ।’
उनले नेतृत्वलाई अनावश्यक दबाब दिनु जरूरी नभएको पनि बताएका छन् । उनले भने, ‘हामी कठिन मोडमा छौं । यो घडीमा सबैमा धैर्यधारणको जरूरी छ । यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरी छैन । पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरुरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन । नेपालको लोकतन्त्रलाई सस्थागत गर्ने कुरामा योगदानको लागि पहल गरौं । यो बीचमा म प्रति धेरै साथीहरूले साहनुभुति राख्नु भएको महसुस मैले गरेको छु । सबै महनुभावहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र आगामी दिनमा पनि उच्च प्रकारको समन्वयको अपेक्षा पनि लिएको छु । अन्तमा– मन्त्रीको सिफारिसमा पर्नु भएका सबै माननीय ज्यूहरूको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया