काठमाडौं । नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको सभापतिमा दीपक खड्का विजयी भएका छन् । खड्का १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।
उनले सभापतिका अर्का उम्मेदवार राईमान राईलाई पराजित गरेका हुन् । उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भए भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भएका छन् ।

प्रतिक्रिया