एमालेमा उपमहासचिव पद रहने


काठमाडौं । नेकपा एमालेले १५ सदस्य भन्दा नबढ्ने गरी पदाधिकारी राख्ने भएको छ। ललितपुरमा जारी विधान महाधिवेशनका क्रममा विभिन्न समूहबाट आएका सुझावहरुको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले १५ जना नबढ्ने गरी पदाधिकारी संख्या तय गरिएको जानकारी दिएका हुन् ।

पौडेलकाअनुसार अब एमालेमा एक अध्यक्ष, एक महासचिव, वरिष्ठसहित पाँच उपाध्यक्ष, उपमहासचिव एक र सचिव सातजनासहित १५ सदस्यीय पदाधिकारी कायम हुनेछ । पौडेलले वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष एकदेखि नौजनासम्म सुझाव आएको बताए। उनले उपमहासचिवमा पनि दुईदेखि तीनजनासम्म राख्न सुझाव आएको बताएका छन् । त्यस्तै सचिवमा सचिवमा सातजना राख्नुपर्ने गरी सबै समूहबाट आएको सुझावलाई मनन गर्दै त्यही संख्यालाई कायम गरिएको पौडेलले बताएका छन्।