काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वागमती प्रदेशमा साढे दुई महिना आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसको प्रस्ताव अस्वीकार्य भएको बताएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत कोइरालाले महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा (एकीकृत समाजवादी) लाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भएको बताएका हुन् ।
उनले यसले कांग्रेस पार्टीलाई कमजोर बनाउनेसमेत बताएका छन् । संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? भन्दै प्रश्न गरेका छन् । कोइरालाले यस्ता कार्यमा संलग्न नहुन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया