जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । पार्टीको प्रदेश दुई स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर आइपुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै एमसीसी भन्दा गठबन्धन महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले गठबन्धनमा कुनैपनि प्रकारको असन्तुष्टि नरहेको बताए । उनले भने,‘एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण हो । संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेकाले टुट्दैन ।’ उनले गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सिर्जना गरिरहेकोसमेत बताए ।
उनले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने बताए । उनले प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै असोज ४ गतेभित्रै गठबन्धनको सरकारले पूर्णता पाउने दाबी गरे ।

प्रतिक्रिया