काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्षत्रय डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापाको उपस्थितिमा बिहीबार बसेको पार्टीको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशनको अवधि थप गर्ने निर्णय गरेको हो ।
बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । राप्रपाले आगामी कार्तिक २७ गते महाधिवेशन गर्ने तय गरेको छ ।


प्रतिक्रिया