सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री  निवास बालुवाटारमा बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको हो । बैठकमा मन्त्रिपरिषद विस्तार तथा संसदमा  प्रतिपक्षको अवरोधबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवासँग अहिले ४ मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न भन्दै पटक पटक सत्ता गठबन्धनको बैठक बसेपनि मन्त्रिपरिषद विस्तार भने भएको छैन ।