अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेका छन् । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो । अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ ।
दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा घानी राजीनामा दिनुपर्ने दबावमा थिए । यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो ।
केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन् । तालिबान काबुल आइपुगेपछि आइतबवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो ।

प्रतिक्रिया