हाइटीमा भूकम्पबाट तीन सय भन्दा बढीको मृत्यु


हाइटीमा शक्तिशाली भूकम्प जाँदा तीन सय भन्दा बढीको मृत्यु भएको छ । शनिबार बिहान गएको ७.२ म्याग्निच्युटको भूकम्पमा परी कम्तीमा ३०४ जनाको मृत्यु भएको भएको छ भने १८ सय भन्दा बढी घाइते भएका छन् ।

भूकम्पबाट घर, होटललगायत ठूला संरचना भत्किएका छन् । भूकम्पपछि हाइटीमा एक महिने आपतकाल घोषणा गरिएको छ । सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंग्रिदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको हो ।