उत्तरप्रदेशमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु


भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो आपसमा ठोक्किंदा १७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको जनाएको छ ।

सामाचार एजेन्सी एएनआईले लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । मुख्यमन्त्री आदित्यनाथले दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।