कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच प्रहरीको ज्यान गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सवार पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् ।
ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया