सुनसरीमा चट्याङ लागेर एक जनाको निधन


इनरुवा । सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए ।