काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने, ’विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत, ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत, कारागार नियमावलीः ’कारागार नियमावली, २०८३’ स्वीकृत, मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत, भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया