भीम रावलको प्रश्नः ओली गुट कानुन भन्दा माथि हो र ?


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कोरोनाबाट जोगिन सरकारले जारी गरेको आदेश प्रधानमन्त्री केपी शर्मा ओलीबाटै उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सामाजिक संजाल ट्वीटरमार्फत रावलले कानुनका सामु सबै बारबार हुनुपर्नेमा सरकार प्रमुखबाटै उल्लंघन हुनु आपत्तिको विषय भएको बताएका हुन् ।

रावलले लेखेका छन्, ‘कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रधानमन्त्री ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो ? प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ?! कानूनका सामु सबै बराबर होइन र ?’