काबुलमा बम विस्फोटमा परी एक सैनिकको मृत्यु


अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको वम विस्फोटक हुँदा एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरीले पुष्टि गरेको छ ।

अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशङ्का प्रहरीको रहेको छ ।