मुम्बईस्थित कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु


भारतको मुम्बईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय पत्रिका इकोनोमिक टाइम्सका अनुसार मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको हो ।

आगलागीपछि अस्पतालबाट ७० जना विरामीलाई अर्को अस्पतालमा सारिएको छ । ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।