जर्मनीमा तीन साता लकडाउन थपियो


कोभिडको तेस्रो लहरका कारण जर्मनीले तीन साता लकडाउन थपेको छ । लकडाउनका कारण इस्टर चाड प्रभावित हुने भएको छ । क्षेत्रीय नेताहरूसँग छलफलपछि चान्सलर एन्जेला मर्केलले अहिलेको प्रतिबन्ध अप्रिल १८ सम्म लागु हुने बताएकी छन् ।

अप्रिल १ देखि ५ सम्म कडा प्रतिबन्ध लगाइने र पसलहरू बन्द गरिने छ । मर्केलले जर्मनी अहिले अत्यन्तै गम्भीर अवस्थामा रहेको बताएकी छन् । ‘सङ्क्रमण ज्यादै बढेको छ र सघन उपचार कक्षहरू भरिन थालेका छन्,’ उनले भनिन् । गत २४ घण्टामा थप ७,४८५ जना सङ्क्रमित र २५० मृत्यु भएको जर्मनीमा सङ्क्रमण दर प्रति एक लाख जनसङ्ख्यामा १०० भन्दा बढी भएको छ ।