विदेश भ्रमणमा जाने इङ्ग्ल्यान्डका बासिन्दालाई ५ हजार पाउन्ड जरिवाना हुने


उचित कारणबिना विदेश भ्रमणमा जाने इङ्ग्ल्यान्डका बासिन्दालाई ५ हजार पाउन्ड जरिवाना हुने नयाँ कोरोनाभाइरस कानुन आगामी सातादेखि लागु हुँदैछ ।

त्यहाँको संसद्ले बिहीवार मतदान गर्न लागेको विधेयकमा उपयुक्त कारण नभई विदेश भ्रमण गर्ने नागरिकलाई जरिवाना गर्ने प्रावधान छ । सोमवारसम्म लागु हुने नियममा पनि विदेश भ्रमण वर्जित थियो ।

अब वेलायतबाट प्रस्थान गर्नमा लागु प्रतिबन्धले विशिष्ट कानुनको रूप लिने भएको छ । अहिलेको प्रावधान अनुसार बिदा मनाउन विदेश जानमा लागु प्रतिबन्ध कम्तीमा मे १७ सम्म लागु हुनेछ । तर हाल युरोप र अन्यत्र बढिरहेको सङ्क्रमणका कारण यो पछि धकेलिने सम्भावना छ।