दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । उनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएका हुन् ।
उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो । यो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखा परेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो ।
तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो । राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर खोप लगाएका हुन् ।
राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि जाँदैछन् । त्यसैले सो भ्रमणलाई समेत मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उनले खोप लगाएका हुन् । जर्मनी, फ्रान्स, इटालीलगायतका देशले शुरुमा यो खोप नलगाउने भनी सार्वजनिक घोषणा गरेको भए पनि पछिल्ला केही दिनयता पुनः यो खोप लगाउन थालेका बताइएको छ ।

प्रतिक्रिया