अमेरिकाको फ्लोरिडा राज्यस्थित माइआमी समुद्री किनारमा अधिकारीहरूले तीन सातासम्म सङ्कटकाल बढाएका छन् । उक्त क्षेत्रमा वार्षिक बिदा मनाउन आउने पर्यटकको भिड अस्वाभाविक रूपमा बढेकाले त्यसले कोरोनाभाइरसको सङ्क्रमण फैलिने भन्दै सङ्कटकाल बढाइएको हो । यो निर्णयपछि राति ८ बजेदेखि बिहान ६ बजेसम्म कम्तीमा तीन साताका लागि कर्फ्यू लाग्नेछ ।
यसअघि माइआमीका नगरप्रमुखले ’पर्यटकले भिडभाड गरेको र अस्तव्यस्त बनाएको’ टिप्पणी गरेका थिए । कोभिड महामारी सुरु भएयता फ्लोरिडा राज्यमा मात्रै २० लाख मानिस सङ्क्रमित भइसकेका छन् ।

प्रतिक्रिया