पार्टीको निर्देशन नमान्ने र पार्टी विरोधी गतिविधि गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्देशन नमानेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारबाही गर्ने बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सच्चिएर र आत्मालोचना गरेर आए सोच्ने नत्र कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

उनले नेपाल पक्षले पार्टी लगेर प्रचण्डलाई बुझाउने तयारी गरिरहेको आरोप समेत लगाए । उनले नेपाल पक्षको ४ र ५ गतेको भेलालाई कम्युनिस्ट आन्दोलनको कलंकको संज्ञा दिए । उनले भेलाका अगुवाहरुलाई कारबाही गरेरै छाड्ने चेतावनी दिए ।

‘भेलाका अगुवाहरुलाई कारबाही गरेर अगाडि जान्छौँ। त्यसका लागि अहिले विधि र पद्धति बनाइरहेका छौँ ओलीको भनाई उदृत गर्दै एक सांसद भने । उनले प्रधानमन्त्रीबाट राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव राख्न समेत चुनौति दिए।