काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बुधबारदेखि भेला सुरु भएको हो ।
११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरी अघि बढ्ने रणनीति लिएपछि नेपाल-खनाल पक्षले समानान्तर गतिविधि अगाडि बढाएको हो ।
ओली पक्षले भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएपनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । बैठकको अध्यक्षता वरिष्ठ नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएको छ । यसैगरी कार्यक्रम दुई सत्रको रहने छ । भेलामा देशभरबाट दुई हजार नेता कार्यकर्ता सहभागी भएका बताइएको छ ।

प्रतिक्रिया