‘ओलीलाई विदा गर्न र लोकतन्त्रको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !’


काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीलाई छिटो विदा गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले लोकतन्त्रको रक्षाका लागि ओलीलाई छिटो विदा गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र÷संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !’