नेदरल्यान्ड्समा आस्ट्राजेनेका कम्पनीको खोपको प्रयोगमा रोक


नेदरल्यान्ड्स सरकारले आस्ट्राजेनेका कम्पनीको कोभिड खोपको प्रयोगलाई अस्थायी रूपमा रोकेको छ । उक्त खोप लिएका केहीमा रगत जम्ने समस्या देखिएको दाबीसहित समाचार प्रकाशित भएको बेला सावधानीका रूपमा त्यस्तो उपाय चालिएको डच स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

त्यसबारे थप अनुसन्धान गरिने तर यतिखेरको निर्णय डेनमार्क र नर्वेबाट आएका सूचनाको भरमा भएको उनले बताए । आस्ट्राजेनेकाले कोभिड खोपका कारण रगत जमेको भन्ने खबरको खण्डन गरेको छ भने विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप रोक्नु नपर्ने जनाएको छ