क्यान्सरका बिरामीहरूलाई फाइजरको कोभिड खोपले धेरै कम मात्र सङ्क्रमणबाट सुरक्षा दिने एउटा अध्ययनले देखाएको छ ।
दुई मात्राबीच १२ हप्ताको समयावधि राख्दा त्यसले क्यान्सरका बिरामीलाई जोखिममा पार्ने किङ्स कलेज लन्डन र फ्रान्सिस क्रिक इन्स्टिट्यूटको अध्ययन टोलीले बताएको छ । दोस्रो मात्रा छिटो लगाउँदा त्यसले क्यान्सर बिरामीको रोगप्रतिरोधी क्षमतालाई वृद्धि गरेको छ ।
क्यान्सर रिसर्च यूकेले यो अध्ययनलाई अरू वैज्ञानिकहरूले पुष्टि गरिनसकेको अवस्थामा चिकित्सकको सल्लाहबमोजिम गर्न क्यान्सर बिरामीलाई सुझाव दिएको छ ।
यो अध्ययनमा २०५ जना क्यान्सर बिरामी सहभागी थियो जसमध्ये १५१ जना फोक्सो, स्तन र पेट वा रक्त क्यान्सरका बिरामी थिए । पहिलो मात्रा खोप दिइएको तीन सातापछि तीमध्ये क्यान्सरका ३९ प्रतिशत बिरामीलाई मात्रै खोपले सुरक्षा दिएको थियो । तीन सातापछि दोस्रो मात्रा दिइँदा क्यान्सर बिरामीमध्ये ९५ प्रतिशतमा एन्टिबडी बनेको पाइएको थियो ।

प्रतिक्रिया