विश्वमा १० करोड ९६ लाख मानिसलाई कोरोना संक्रमण


विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख १८ हजार २५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० करोड ९६ लाख ६५ हजार ७१० पुगेको छ । हालसम्म विश्वमा ८ करोड ४१ लाख ९५ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

संक्रमितमध्ये २ करोड २८ लाख ९९ हजार ४९९ जना सक्रिय संक्रिमत रहेका छन् भने ९७ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा चार लाख ९८ हजार २ सय जनाको मृत्यु भएको छ भने २ करोड ८३ लाख १७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड ९ लाख २५ हजार नाघेको छ भने १ लाख ५५ हजार ८४० जनाको मृत्यु भएको छ ।