चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार खोप उपलब्ध गराउने जानकारी गराएको हो । यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि दूतावासले जनाएको छ । चीनले विश्वका १० वटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ ।
त्यसैगरी विश्वका करिब ३८ वटा देशलाई कोभिड १९को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ । चीनले कोभिड १९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) कार्यक्रममा पनि सहभागिता जनाएको छ । यस सहायता कार्यक्रममार्फत् पनि चीनले करिब एक करोड डोज खोप सहायता दिने बताएको पनि जनाइएको छ ।

प्रतिक्रिया