विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार भन्दाबढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या १० करोड ६६ लाख ७७ हजार ३ सय ७२ पुगेको छ।
यस्तै, कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा सात हजार सात सय बढीको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण हालसम्म २३ लाख २६ हजार ८ सय १९ जनाको मृत्यु भइसकेको छ। विश्वमा हालसम्म सात करोड ८३ लाख ७५ हजार ४ सय ३३ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा दुई करोड ५८ लाख २९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ८७ हजार पाँच सय जना नयाँ संक्रमित थपिएका छन् भने एक हजार तीन सय ४० जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या दुई करोड ७६ लाख ११ हजार ४ सय ३ पुगेको छ । संक्रमितमध्ये एक करोड ७३ लाख ५४ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७४ हजार ९ सय ३३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ८६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ६७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड ८ लाख ३८ हजार ८४३ पुगेको छ ।

प्रतिक्रिया