रुसी कोभिड खोप करिब ९२ प्रतिशत प्रभावकारी


रुसद्वारा विकसित कोरोनाभाइरस विरुद्धको खोप ९१.६ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाहरूले देखाएका छन् । स्पुत्निक फाइभ खोपको तेस्रो चरणका परीक्षणका नतिजाहरू ल्यान्सट जर्नलमा प्रकाशित गरिएको हो ।

करिब बीस हजार सहभागीले त्यो खोपका दुई मात्रा लिएको जनाइएको छ । ठूलो स्तरमा परीक्षण नै नगरी रुसी अधिकारीहरूले अनुमोदन गरेको भन्दै खोपलाई लिएर आलोचना भइरहेका थिए । आर्जेन्टिना र बोलिभिया लगायतका देशले आफ्नो खोप कार्यक्रममा स्पुत्निक फाइभ प्रयोग गर्ने बताइसकेका छन्।