महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको उपचारका लागि दशौं लाख पाउण्ड चन्दा उठाएका क्याप्टेन सर टम मूरको निधन भएको छ । १ सय वर्षका मूरलाई सास फेर्न समस्या भएपछि गत साता अस्पतालमा भर्ना गरिएको थियो ।
उनले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि ब्रिटेनको सरकारी अस्पताल एनएचएसलाई दिएका थिए । सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनअगाडि आफ्नो बगैँचाको १०० फन्को मारेर ठूलो रकम चन्दा उठाएका थिए । उनलाई एउटा विशेष समारोहमा महारानी एलिजावेथले सम्मान पनि गरेकी थिइन् ।

प्रतिक्रिया