नाइजरमा सशस्त्र समूहको आक्रमणबाट कम्तीमा ७० गाउँलेको मृत्यु


मालीको सिमाना नजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँमा एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ७० नागरिकको मृत्यु भएको र अन्य २० जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ ।

मोटरसाइकलमा ठूलो सङ्ख्यामा आएका आक्रमणकारीहरूले शनिबार आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको हिंसात्मक आक्रमणमा ती निहत्था गाउँले मारिएका हुन् ।

आइतबार नै आतङ्ककारी उक्त समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए । नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो ।