ओलीलाई प्रचण्डको जवाफः बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला र बैठक गुटबन्दी होइनन् र ?


काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुुई अध्यक्षबीचको कार्यविभाजनमा अर्का अध्यक्ष केपी शर्मा ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गरेको बताएका छन् । अर्का अध्यक्ष ओलीलाई पत्र लेख्दै यस्तो बताएका हुन् ।

उनले दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले आफूलाई निकै ठूलो पीडा र अपमानबोध गराएको उल्लेख गरेका छन् । त्यस्तै प्रचण्डले ओलीको पत्रलाई झुटको पुलिन्दा भनेका छन् ।