शेयर बजारमा तीन अर्ब ९४ करोडको कारोबार


काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अङ्कले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अङ्कले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको भएको छ ।

कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै, ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।

नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९० र एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कालिका लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,एनआइसी एशिया ऋणपत्र २०८०,सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।